Nirvik Khabar

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

Advertisements
Single Page Long - 2

GenZ समूह चितवनले आशिष सापकोटाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन परिसरमा आन्दोलन गरेका छन्। उनीहरूले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

आन्दोलनमा सहभागी युवाहरूले विगतका विभिन्न छानबिन आयोगका प्रतिवेदनहरू लुकाउने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। विशेषगरी भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगर्दा सत्यतथ्य जनतासम्म नपुगेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

समूहका संयोजक सापकोटाले सरकारले पारदर्शिता अपनाउँदै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्ने माग राखेका छन्। आन्दोलनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत गरेका थिए। उनीहरूले आफ्ना माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस