Nirvik Khabar

चितवनमा ‘हनी ट्रयाप’मा संलग्न भएको आरोपमा २ जना पक्राउ

Advertisements
Single Page Long - 2
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

 चितवनको भरतपुर महानगरपालिका एक पुरुषलाई हनी ट्रयापमा पारेको आरोपमा चितवन प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका-७ नमूना टोलकी १८ वर्षकी एनी तामाङ नाम भएकी एक युवती र सोही ठाँउका २५ वर्षका विजय सुनार रहेका छन् ।

उनीहरु दुवै जनालाई प्रहरीले भरतपुर महानगरपालिका- १० वीरेन्द्र क्याम्पस रोडबाट आइतबार पक्राउ गरेर अनुसन्धान भैरहेको डीएसपी खनालले जानकारी दिए ।कालिका पदमपुर बस्ने युवतीले फेसबुकबाट चिनजान भएका पुरुषलाई फोनमा कुराकानी गरेर गत फागुन २९ गते जुटपानी मिठुचोकबाट गुम्बा जाने भित्री सडकमा बोलाएर कुटपिट गर्नुका साथैं उनको साथमा रहेको बा.प्र.००४ प ५८८९ नम्बरको स्कुटर लुटेर युवकसहित भागेकी थिइन् ।

पीडित बनेका पुरुषले स्कुटर फिर्ता माग गर्दा रकम माग्ने र रकम नदिए जर्वजस्ती करणीको कसुरमा मुद्दा हालेर फसाइदिने धाकधम्की दिने गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस