भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, लायन्स चोकमा मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा चालक युवक घाइते भएका छन् ।
पुलचोकबाट चौबिसकोठीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००७ प ५२०८ नम्बरको मोटरसाइकलका चालक भरतपुर–१ बस्ने २० वर्षीय सुदीप गुरूङ घाइते भएका हुन् ।
टाउकोमा चोट लागेका घाइते गुरूङको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
































Discussion about this post