Nirvik Khabar

तोलामा ११ हजारले घट्यो सुन

Advertisements
Single Page Long - 2

नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११ हजार रूपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।मंगलबार प्रतितोला पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार पाँच सय ४० रूपैयाँमा कारोबार भइरहेको मखासंघले जनाएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७५ रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस