Nirvik Khabar

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

Advertisements
Single Page Long - 2

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा–१ का  उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ। आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेजी गरिएको बताए। उनका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको हो।कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा रहेको थियो। विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमा समेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरूको विवरणमा उल्लेख छ।

धनुषा-१ मा कांग्रेसबाट रामपल्टन साह, नेकपाबाट मातृकाप्रसाद यादव, एमालेबाट रामचन्द्र मण्डल, जसपाबाट दीपक कार्की, जनमत पार्टीबाट ब्रह्मदेव महतो, राप्रपाबाट मनोज मल्ल ठकुरी, आम जनता पार्टीबाट इन्द्रजित साफी, उज्यालो नेपाल पार्टीबाट महेशकुमार यादव लगायत उम्मेदवार छन्।

२०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनी २०७९ सालमा टिकट नपाएपछि जनमत पार्टीतर्फ लागेका थिए। त्यतिवेला चुनावमा पराजित भएपछि पुनः एमाले फर्किएका थिए। यसपटक प्रतिनिधि सभाका लागि एमालेले टिकट नदिएपछि रास्वपामा प्रवेश गरी धनुषा-१ बाट उम्मेदवार बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस