Skip to main content

Nirvik Khabar

हिजो तोलामा ५६ सय बढेको सुनको भाउ आज पनि व्यापक वृद्धि, चाँदी पनि महँगियो

Advertisements
Single Page Long - 2

आज पनि सुनको भाउ व्यापक वृद्धि भएको छ। सुनको भाउ आज तोलामा ५६ सय रुपैयाँ बढेको हो।मूल्य बढेर सुनको भाउ आज तोलाको तीन लाख २६ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको मूल्य तोलामा ५६ सय रुपैयाँ नै बढेको थियो। हिजो सुनको भाउ तोलाको तीन लाख २० हजार पाँचसय रुपैयाँ थियो। दुई दिनमा सुनको भाउ ताेलामा ११ हजार २ सय रुपैयाँ बढेको छ।

गत साताको सोमबारदेखि बिहीबारसम्ममा १० हजार सात सय बढेको सुनको मूल्य गएको शुक्रबार भने प्रतितोला ५ सय रुपैयाँ घटेर तीन लाख १४ हजार नौसय रुपैयाँमा झरेको थियो। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। मूल्य बढेर चाँदीको भाउ आज तोलाको ६ हजार २० पुगेको छ। हिजो चाँदीको भाउ तोलामा २५४ रुपैयाँ बढेको थियो। गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस