Nirvik Khabar

चितवन उद्योग वाणिज्य संघको अधिवेशनका लागि शिरीष पन्त समुहद्धारा मनोनयन दर्ता

Advertisements
Single Page Long - 2

चितवन , पुष १४ चितवन ।

चितवन उद्योग वाणिज्य संघको आसन्न ५९ औं साधारणसभा तथा अधिवेशनका लागि शिरिष पन्त समुहले उम्मेद्वारी दर्ता गराएका छन । अध्यक्ष पदमा शिरिष पन्त, वरिष्ठ उपाध्यक्षमा लोक बहादुर रानाभाट, उपाध्यक्षमा त्रय शंकर प्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले मनोनयन दर्ता गरेका हुन । मनोनयन पछि प्रतिक्रिया दिदैं अध्यक्षका प्रत्यासी पन्तले सबै व्यवसायीको साथ र सहयोग सहित आफूहरुले मनोनयन दर्ता गरिएको बताए । ‘अहिले सबै बस्तुगत संघ, कर्पोरेट लगायतका सवै व्यवसायीहरुले हौसला दिनुभएको छ , पन्तले भने, हामीले यसले थप उत्साहित र दायित्वको महसुस भएको छ ।’ मनोनयन दर्ता लगत्तै आफू शशक्त भएर चुनावी अभियानमा होमिएको उनले बताए । चितवन उद्योग वाणिज्य संघको अधिवेशन तालिका अनुसार आज मनोनयन दर्ता तोकिएको थियो । भोलि सोमबार दाबी विरोध र मनोनयन फिर्ताको समय सिमा तोकिएको छ ।
यसैबीच आज कर्पोरेटतर्फ सदस्यमा अशोक लामिछाने, अमित कौडेल र क्षेत्रीय सदस्यमा रेशम आचार्य निर्विरोध चयन भएका छन । संघको अधिवेशन यही पुष १९ र २१ गते हुंँदैछ । चितवन उद्योग वाणिज्य संघमा तीन हजार ७१६ व्यवसायी आवद्ध रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस