Nirvik Khabar

चितवनको भरतपुरमा खुल्यो होटल पौवाको १६औं शाखा

Advertisements
Single Page Long - 2

चितवन, कात्तिक २५ –

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रसहित नेपाली हस्पिटालिटी उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा भव्य समारोहबीच औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ ।
नयाँ शाखाको उद्घाटनसँगै तीन दिनसम्म बहत नेपाली खाना प्रवद्र्धन (Food Exhibitio) बृहत कार्यक्रम हुने भएको छ । कात्तिक २७, २८ र २९ गतेसम्म चल्ने उक्त बृहत नेपाली खाना प्रदर्शनीमा देशभरका पौवाका शाखाबाट आएका सेफहरूले आफुले तयार पारेका खाद्य कला पस्किनेछन् ।
होटल पौवाको ब्राण्डिङ विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उद्घाटन समारोह र खाना प्रवद्र्धनका लागि चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको छ । “पौवाको विशिष्ट स्वाद, नेपालीपनको सेवा र आतिथ्यको वास्तविक अनुभव सहभागीहरूले प्रत्यक्ष रूपमा लिन सक्नेछन्,” भण्डारीले बताउनुभयो ।

भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हल उपलब्ध छ । निकट भविष्यमै थप १२ कोठाको सुविधासम्पन्न आवास भवन निर्माणको चरणमा छ । यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाले प्रदान गर्नेछ । भरतपुरको मध्यभागमा अवस्थित पौवाले आतिथ्य उद्योगका सबै विधामा सेवा प्रदान गरेको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल पर्यटकीय सम्भावनाले भरिएको मुलुक हो । यहाँ आउने हरेक पर्यटकलाई पहिलो अनुभव नै हस्पिटालिटीको हुनुपर्छ । त्यसैले पौवाले ‘आतिथ्यता र स्वाद’लाई आफ्नो मिशनको केन्द्रमा राखेको छ ।”

पछिल्लो समयको राजनीतिक आन्दोलन र आर्थिक अनिश्चितताले लगानीकर्तामा असर पारे पनि पर्यटन क्षेत्रको गति रोक्नु नहुने धारणा पौवाको रहेको छ । “हामीले अब हिचकिचाउने होइन, अघि बढ्ने समय आएको छ । तर, राज्यले उद्योगी व्यवसायीलाई लगानी मैत्री वातावरण रहेको विश्वास दिलाउनुपर्छ ।” उहाँले दृढतापूर्वक भन्नुभयो ।त्यसैगरी, होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले नेपाली स्वादलाई विश्वस्तरमा पु¥याउने अभियानमा पौवा अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा ‘केही हुँदैन’ भन्ने सोच तोड्नुपर्छ। विषम परिस्थितिमा पनि हामीले एक सय शाखा विस्तार गर्ने लक्ष्यसहित नेपाली चेन होटललाई अन्तर्राष्ट्रियकरणतर्फ डो¥याइरहेका छौँ ।” न्यौपानेका अनुसार पर्यटकमैत्री नीति, पूर्वाधार विकास र निजी क्षेत्रको लगानीलाई सरकार र समाजले साथ दिन सके नेपाल छिट्टै विश्वकै आकर्षक पर्यटन गन्तव्य बन्न सक्छ ।

होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले चितवन शाखालाई नेपालको हस्पिटालिटी नक्सामा अर्को महत्वपूर्ण माइलस्टोनका रूपमा वर्णन गर्नुभयो । उहाँका शब्दमा, “चितवन नेपालको मध्य भाग हो — देशभरका आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य । चितवन राष्ट्रिय निकुञ्ज, देवघाटधाम, मौलाकालीकाजस्ता धार्मिक तथा प्राकृतिक आकर्षणका बीच पौवाको उपस्थितिले यस क्षेत्रलाई अझ पहिचान दिन सहयोग गर्नेछ ।”

नेपालमा विदेशी शैलीका होटलहरू हावी भइरहेका बेला ‘होटल पौवा’ले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति दिने उद्देश्यसहित हस्पिटालिटी क्षेत्रमा नयाँ परिभाषा ल्याएको ज्ञवालीले बताउनुभयो ।
रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा आज चितवनमा १६औं शाखासम्म पुगेको छ । यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् । हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्यांक्वेट र रेस्टुरेन्टबाट सेवा प्रवाह भैरहेको छ । पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्ड स्केपिङको काम भैरहेको छ ।
स्थानीय खाना बनाउन पोख्त महिला सेफहरुबाट नेपालगन्ज र भैरहवामा दाल भात, तरकारी अचार समेटिएको नेपाली खाना “भातभान्छा”को प्रवद्र्धन सुरु गरिएको छ । भातभान्छालाई महिला कर्मचारीहरुले मात्रै सम्हाल्दै आएका छन् । “नेपाली खानालाई स्तरीय रेस्टुरेन्टमा पस्किने तयारीका साथ पौवाले आफ्नो छुट्टै ब्राण्ड भातभान्छा सुरु गरेको हो । ६ महिनाका बीच नेपालगन्ज र भैरहवाबाट सुरुगरेको यो ब्राण्डलाई निरन्तर विस्तारको योजना रहेको छ”, उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।
देशभर १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन् । विशेषतः यहाँका कर्मचारीहरूलाई पनि लगानीकर्ता बन्ने अवसर दिइएको छ, जसले पौवाको ‘साझा स्वामित्व र साझा सफलता’को भावना झल्काउँछ । विश्वशान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएको पौवाको यात्रा अब देशव्यापी अभियानमा रूपान्तरण भइसकेको छ । हस्पिटालिटी र स्वादको नेपाली पहिचानलाई विश्वमाझ पु-याउने ‘मिशन १०० पौवा होटल’ अभियानले चितवनबाट नयाँ अध्याय सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस