Nirvik Khabar

चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार १९ र २० वर्षका युवायुवतीको मृत्यु

Advertisements
Single Page Long - 2

चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार १९ र २० वर्षका युवा-युवतीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने खैरहनी नगरपालिका–८ चैनपुरमा मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले जानकारी दिए।

शनिबार राति १२ बजेतिर भएको यो दुर्घटनामा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका-७ बस्ने १९ वर्षीय श्रीराम कँडेल र पछाडि सवार राप्ती-५ बस्ने २० वर्षीया बिमला तामाङको मृत्यु भएको हाे। दुर्घटनास्थलमा अचेत अवस्थामा भेटिएका उनीहरूलाई उद्धार गरी प्रहरीले पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो। उपचारको क्रममा उनीहरुको मृत्यु भएको खनालले बताए। ठक्कर दिने कन्टेनरका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस