चितवन, असोज ४ —
चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा सोमबार साँझ मिनिबस र कार एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आइरहेको BAB 5008 नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मिनिबसमा सवार रत्ननगर–१० की ३३ वर्षीया पुजा सुबेदीको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा साँझ ५:५५ बजे मृत्यु भएको हो।
घाइतेमध्ये पाँच जना सामान्य र एक जना मध्यम अवस्थामा रहेका छन्। घाइतेहरूलाई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
घाइतेहरूमा बस चालक राप्ती–२ का सुरज कडेल (३६)गोरखा गण्डकी–५ का भोजराज कार्की (३२)रत्ननगर–७ का प्रभु नारायण महतो (२७) र उनका छोरा रियान महतो (८) गोरखा गण्डकी–३ का भोजराज काप्री (३२)भरतपुर–१२ की शोभा आचार्य (३७) र उनकी छोरी सदिक्षा आचार्य (३)लगायत रहेका छन्।
कार चालक काठमाडौं तारकेश्वर–१० निवासी ४४ वर्षीय सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनापछि दुवै सवारी साधन घटना स्थलमै रहेका छन् भने बाटो अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टको कमाण्डमा तथा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो ।
































Discussion about this post