Nirvik Khabar

अपरेटरले जोखिम मोलेर तुइनखोलाको पहिरो हटाए: सडक डिभिजन कार्यालय

Advertisements
Single Page Long - 2

सडक डिभिजन कार्यालय भरतपुरले चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलाको पहिरो हटाउन सक्रिय हुने सबैप्रति आभार व्यक्त गरेको छ। कार्यालयले सामाजिक सञ्जालमार्फत् जोखिम मोलेर पहिरो हटाउन सक्रिय हुने अपरेटर, सुपरभाइजर, प्राविधिक, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहित सबैप्रति आभार व्यक्त गरेको हो।

तुइनखोलाको पहिरो दुई दिन लगाएर हटाएपछि नारायणगढ मुग्लिन सडकमा गएरातिदेखि दुईतर्फी नै गाडी गुडिरहेका छन्।  राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य सडक पृथ्वी राजमार्गमा गाडी चल्न थालेपछि यात्रुलाई दसैँमा आवातजावत गर्न सहज भएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस