Nirvik Khabar

बाराही जंगल लज मेघौलीले गर्यो पर्यटकीय क्षेत्र सरसफाइ

Advertisements
Single Page Long - 2

चितवन, भदौ १४
बाराही जंगल लजले शनिबार सडक तथा पर्यटकीय क्षेत्र सरसफाइ गरेको छ। लजदेखि गोलाघाटस्थित राप्ती, नारायणीको दोभानसम्म सरसफाइ गरेको हो।
लजका अपरेशन म्यानेजर सुवास गुरुङले छैठौं पश्चिम चितवन होटल तथा लजस्तरीय फुटबल प्रतियोगितामा विजयी भएको अवसरमा सरसफाइ गरिएको जानकारी दिए। सरसफाइमा लजका कार्मचारी, नेचरगाइड, मेघौली उपभोक्ता समितिका उपभोक्ता, सुरक्षाकर्मीहरु सहभागी थिए।
मेघौली विमानस्थलस्थित पुरानो हात्ती पोलो मैदानमा भदौ ५ देखि ९ गतेसम्म भएको प्रतियोगितामा बाराही, मेघौली ताज सफारी, जगतपुर लज, कसरा रिसोर्ट र मेघौली-घटगाईं नेचर गाइड एसोसिएसन सहभागी थिए। खेलमा गत वर्ष पनि बाराही नै विजयी भएको थियो। त्यतिखेर विजयी भएको अवसरमा लजदेखि गोलाघाटसम्म राप्ती नदीको किनारमा सरसफाइ गरिएको थियो।
बाराही जंगल लजले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्छ। भरतपुर महानगरपालिकाभित्रका होटलहरु सहभागी हुन पाउनेगरि प्रतियोगिता गर्ने गरिएको अपरेसन म्यानेजर गुरुङले बताए।
गुरुङले पर्यटनको सिजन सुरु हुन लाग्दा हरेक वर्ष सरसफाइ कार्यक्रम गर्ने गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस