Nirvik Khabar

स्थानीय उत्पादनको प्रर्वद्धन गर्न भरतपुर २मा रात्रीकालीन बजार

Advertisements
Single Page Long - 2

असार २५, चितवन

भरतपुर महानगरपालिका वडा नम्बर २ ले रात्रीकालिन बजार शुरु गर्ने भएको छ । स्थानीय उत्पादन तथा व्यवसायको प्रर्वद्धन गर्ने उद्धेश्य सहित रात्रीकालीन बजार शुरु गर्न लागिएको हो । रात्रीकालीन बजार क्षेत्रपुरको नमस्तेचोक देखि करीब पांँचसय मिटर उत्तर तर्फसम्म रहनेछ । रात्रीकालिन बजार यही असार २७ देखि शुरु गर्न लागिएको हो र हरेक शुक्रबार बेलुका ६ बजेदेखि १० बजे सम्म सञ्चालन हुनेछ ।

वडा अध्यक्ष मनोज  रानाभाटले वडामा रहेका स्थानीय तथा अर्गानिक उत्पादनलाई बजारीकरण गर्नका लागि रात्रीकालीन बजार सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘आफ्नै घरमा उत्पादन भएका अर्गानिक बस्तु तथा अन्य उत्पादित बस्तुले सहजै बजार पाओस भन्ने उद्धेश्यले बजार शुरु गर्न लागिएको हो, अध्यक्ष रानाभाटले भने, यसले स्वरोजगारलाई प्रर्वद्धन गर्न पनि मदत पुग्छ ।’

रात्रीकालीन बजारमा स्थानीय तरकारी, फलफूल, घरमै बनाएको अचार, हस्तकला लगायत रेष्टुरेण्ट, कपडा लगायतका स्टलहरु रहनेछन । वडा नम्बर २ का स्थानीयले उत्पादन गरेका स्टल निःशुल्क उपलब्ध गराइने र अन्यको हकमा न्यूनतम शुल्क तोकिने उनले बताए । रात्रीकालीन बजार क्षेत्रभित्र सडकमा कुनै सवारी साधन चलाउन नपाइने र सडकपेटीमा स्टलहरु राखिने व्यवस्था मिलाईएको छ ।

हालसम्म ५० वटा भन्दा बढी स्टल बुकिङ्ग भईसकेको र अन्य व्यवसायी पनि आउने क्रम रहेको उनको भनाई छ । उक्त बजारमा स्वच्छ खानेपानी, शौचालयको सुविधा, पार्किङ्ग लगायत २४ सै घण्टा सिसिटीभीले निगरानी हुने अध्यक्ष रानाभाटको भनाई छ । बजारमा व्यवसायीको लागि सहुलियत दरमा स्टल र उपभोक्ताले समेत गुणस्तरीय तथा सहुलियत रुपमा सामान खरिद गर्न पाउनेछन । हाल यो बजार साताको एकदिन सञ्चालन भएपनि विस्तारै अन्य दिनमा पनि सञ्चालन गर्ने योजना वडाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस