चितवन, पौष १५ – मिसन रेड अभियानको आयोजनामा चौबिसकोठी चोकमा रक्तदान सम्बन्धि सचेतनामुलक स्टिकर अभियान सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, र जिल्ला ट्राफिक कार्यालय चितवनको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
स्टिकर र ब्यानर मार्फत आम मानिसमा रक्तदान सम्बन्धि जागरूकता फैलाउने उद्येश्यका साथ १२०० वटा स्टिकर र १० वटा ब्यानर तयार गरिएकोमा करिब ६०० वटा स्टिकर सवारी साधनमा टाँसिएको छ।
कार्यक्रमको अध्यक्षता मिसन रेडका संयोजक अर्जुन अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुबेदी रहेका थिए। विशिष्ट अतिथिमा जनस्वास्थ्य कार्यालय चितवनका गुरु कंडेल र रोटरी क्लब अफ चितवनका द्वितीय उपाध्यक्ष राजन पिया थिए।
मिसन रेडले डिजिटल प्लेटफर्म मार्फत पनि सचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ। आगामी पौष १९ गते भरतपुर अस्पताल परिसरमा “मेरो पहिलो रक्तदान” कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
मिसन रेड अभियान एसडी फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा देशभर रक्तअभाव समाधान गर्न २०८१ सालदेखि सञ्चालनमा आएको हो।


































Discussion about this post