शुक्रबार भारतको पश्चिम चम्पारणको बगाहामा एक जनाको शव फेला परेको छ । भारतीय एसएसबीले उक्त शव फेला पारेको हो । सो शव २८ असारमा त्रिशुलीमा बेपत्ता भएका बसका यात्रुको हुन सक्ने प्रहररीको आशंका छ ।यद्यपि, उक्त शवको सनाखत भने भइसकेको छैन ।
यसअघि पनि जिल्ला प्रशासन कार्यालयले त्रिशुलीमा बेपत्ता भएका बसका यात्रुलाई नदीले भारत पुर्याएको हुन सक्ने आशंकामा भारतीय सीमावर्ती जिल्लाहरूसँग समन्वय गरेको थियो । सोहीअनुसार आज एक जनाको शव भारतमा फेला परेको हो ।
यो शव पनि २८ असारमा त्रिशुलीमा बेपत्ता भएका यात्रुको भए हालसम्म २३ यात्रुको शव फेला परेको हुनेछ । उक्त दुर्घटनामा परी हालसम्म १४ जनाको शनाखत भएको छ भने ८ पुरुष र एक महिला गरी ९ शवको सनाखत हुन बाँकी छ ।

































Discussion about this post