Skip to main content

Nirvik Khabar

फिफा विश्वकप छनोट: दोस्रो चरणको पहिलो खेलामा बलियो टिम यूएईको सामना गर्दै नेपाल

Advertisements
Single Page Long - 2

काठमाडौं– फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा नेपालले आज (बिहीबार) बलियो टोली संयुक्त अरब ईमिरेट्स (यूएई)सँग खेल्दैछ। खेल नेपाली समय अनुसार रातको ९:३० बजे सुरु हुनेछ। दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएईको सामना गर्न लागेको हो। नेपाल रहेको समूहमा यूएई सबैभन्दा बलियो टोली हो। विश्वकप २०२६ एएफसी छनोटका लागि नेपाल रहेको समूहमा नेपालसँगै यूएई, बहराइन र यमन छन्।

फिफा वरीयतामा यूएई ६९औं स्थानमा छ। बहराइन ८३औं तथा यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ। पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणमा नेपालले ३ वटै टिमसँग २–२ वटा होम र अवे गरी ६ खेल खेल्नेछ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले यूएईविरुद्धको खेलका लागि तयारी राम्रो रहेको बताएका छन्। यूएई बलियो टोली रहेको उल्लेख गर्दै प्रशिक्षक अनेसेले नेपालले पनि राम्रो तयारी गरेको बताए। प्रशिक्षक अनेसेले यूएईसँगको खेलका लागि टिममा ३ नयाँ खेलाडीलाई स्थान दिएका छन्। डिफेन्समा योगेश गुरुङ, मिडफिल्डरमा निशान हमाल र फरवार्डमा राजेश परियार छन्।

प्रशिक्षक अनेसेले युवा खेलाडीको बाहुल्यताका कारण टोलीमा जोस रहेको दाबी गरे। ‘हाम्रो टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ। रोहित र किरण बाहेक सबै युवा खेलाडी छन्। त्यसैले यो टोलीमा जोस छ,’ उनले भने।  दोस्रो खेल नेपालले यमनसँग खेल्दैछ। नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा मंसिर ५ गते हुनेछ।

नेपाली टिम

गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डर: सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल
फरवार्ड: अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस