Nirvik Khabar

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना, १३ जनाको मृत्यु, ५० बढी घाइते

काठमाडौँ– भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । आन्ध्र प्रदेशको विजयनगरमा गएराति दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेल दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन् । दुई रेल ठोक्किएर दुर्घटना भएपछि धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस