Nirvik Khabar

जैमिनीमा ग्याङ्ग फाइट: ६ घाइते,३ पक्राउ

received_2129529764081875

बागलुङ – बागलुङको जैमिनीमा सोमबार बेलुका दुई समूहबीच झडप हुँदा ६ युवा घाइते भएका छन्। जैमिनी नगरपालिका-२ पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच झगडा र कुटपिट हुँदा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।

झडपमा जैमिनी ९ का २५ वर्षीय डबल राना, २२ वर्षीय महेन्द्र थापा र २८ वर्षीय दिपु राना, २३ वर्षीय दिपु थापा, जैमिनी-१ का ५० वर्षीय विष्णु थापा र जैमिनी-२ का २७ वर्षीय सुनिल परियार घाइते भएको डीएसपी केसीले बताए विष्णु र सुनिल उपचारपछि डिस्चार्ज भएको र अरु ४ घाइतेलाई थप उपचारका लागी पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ। घाइतेहरूको पेट, हात, खुट्टा र मुखमा चोट लागेको छ। घाइते महेन्द्रको पेटमा चोट लागेको र अवस्था गम्भीर रहेको डीएसपी केसीले बताए।

प्रहरी मंगलबार बिहान घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। वडा नम्बर २ का सुनिल परियार, कलबहादुर थापा र अनिल परियारलाई पक्राउ गरिएको डीएसपी केसीले बताए। उनले घटबाको थप अनुसन्धान भइरहेको बताए।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस