Nirvik Khabar

भरतपुरमा मौन अवधिमा नमूना मतपत्र बाँड्दै पाँच दलीय गठबन्धन

निर्भीक खबर
निर्भीक खबर

चितवन- भरतपुरमा पाँच दलीय सत्ता गठबन्धनले मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लघंन गर्दै नमूना मतपत्र वितरण गर्दै हिडेको पाइएको छ । गठबन्धनको टोलीले बा.१३ च १११८ नम्वरको स्कारपियो गाडीमा आज नमूना मतपत्र हालेर वितरण गर्दै हिडेको हो ।

उक्त गाडीले पश्चिम चितवनको विभिन्न वडामा नमूना मत्रपत्र वितरण गरेको छ । नमूना मतपत्रमा साना दल र स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नै छैन । ठूला छ दलको मात्रै चिन्ह रहेको नमूना मतपत्र बाँडेको हो । भरतपुरमा काँग्रेसका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको भुइँकटहर चिन्ह, राप्रपाको हलो चिन्ह, जनमोर्चाको गिलास लगायत अन्य स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह उक्त नमूना मतपत्रमा छैन ।

निर्वाचन आयोगले मौन अवधिमा कुनैपनि प्रचारात्मक गतिविधि गर्न नपाउने जनाएपनि गठबन्धनले आचारसंहित उलंघन गर्दै नमूना मतपत्र वितरण गर्दै हिडेको हो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गठबन्धनको ठूलो संख्यामा मत प्राप्त गर्ने भएपछि भ्रम सृजना गर्न यस्तो खालको मतपत्र वितरण गर्दै हिडिएको भरतपुरका एक स्थानीयले बताए ।

मूख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले मौन अवधिको समयमा कुनैपनि प्रचारप्रसारको गतिविधि गर्न नपाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आचारसंहित २०७८ मा प्रष्टसंग उल्लेख भएको छ, यो अविधिमा कुनैपनि नाममा उम्मेदवारको प्रचारप्रसार हुने गतिविधि गर्न पाइँदैन ।’ उहाँले यस बिषयमा लिखित उजुरी परेमा छानविन अघि बढाउने बताउनुभयो । पौड्यालले मौन अवधिमा आचारसंहित पालना गर्न र गराउन सबै राजनीतिक दलहरुलाई ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो । मंगलबार मध्यरात १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available