काठमाडौँ । मुलुकमा लम्पी स्किन संक्रमित चौपाया (गाई–भैंसी)मध्ये ९४ प्रतिशत निको भइसकेका छन् । पशु विभागका अनुसार यस वर्ष १५ लाख ३६ हजार १८० चौपायामा लम्पी स्किन रोग देखिएको थियो । यीमध्ये १४ लाख ५३ हजार ४ सय ६४ चौपाया संक्रमणमुक्त भएको विभागले जनाएको छ ।
गण्डकीमा कम संक्रमित
गण्डकी प्रदेशमा लम्पी स्किन संक्रमणको प्रभाव तुलनात्मक रुपमा कम देखिएको छ । विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो समय गण्डकीमा २४५ चौपाया मात्रै लम्पी स्किन संक्रमित छन् ।
यो वर्ष गण्डकी प्रदेशमा ६९ हजार ८४१ संक्रमित पशुमध्ये ३ हजार २ सय ४७ को मृत्यु भएको छ भने ६६ हजार ३४९ निको भएका छन् । गण्डकीमा १ लाख ७० हजार ८ सय ५१ पशुमा खोप लगाइएको विभागले जनाएको छ ।
कोशीमा बढी खोप
सातवटै प्रदेशमध्ये सबैभन्दा बढी खोप कोशी प्रदेशका संक्रमित चौपायालाई लगाइएको छ । विभागका अनुसार कोशीमा २ लाख ५० लाख ८१ चौपायालाई यो रोगविरुद्धको खोप लगाइको हो ।
कोशी प्रदेशमा २ लाख ८९ हजार ९३९ चौपाया संक्रमित भएका थिए, जसमध्ये २ लाख ७८ हजार ३४१ चौपाया संक्रमण मुक्त भइसकेका छन् । यस प्रदेशमा १० हजार ३५० पशुको मृत्यु भएको छ भने एक हजार २४८ पशु अझै निको हुन नसकेको विभागले जनाएको छ ।
देशभर लम्पी स्किन पछिल्लो विवरण

Discussion about this post