Nirvik Khabar

चितवनको राप्ती नगरपालिकाद्धारा जेष्ठ पत्रकार सिंञ्जालीलाई आर्थिक सहयोग

चितवन – नेपाल पत्रकार महासङ्घ चितवनका सदस्य वीरबहादुर सिञ्जालीलाई ज्येष्ठ पत्रकार कल्याणकारी रकम प्रदान गरिएको छ ।महासङ्घ चितवन शाखाको आग्रहमा राप्ती नगरपालिकाले सिञ्जालीलाई रु ५० हजार सहयोग गरेको हो । राप्ती नगरपालिका प्रमुख शमशेर लामा र महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीसहित महासङ्घको टोलीले सिञ्जालीलाई उहाकै निवासमै पुगेर सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सो अवसरमा नगर प्रमुख लामाले महासङ्घले सुरुआत गरेको ज्येष्ठ पत्रकार कल्याणकारी कोष राप्तीमा सुरु गरिनसकेको भए पनि ६० वर्ष काटेका नगरवासी सिञ्जालीलाई एक वर्षको एकमुष्ट रकम प्रदान गरिएको बताउनुभयो । भरतपुर महानगरपालिकाको सहयोगमा महानगरभित्रका ६० वर्ष कटेका पत्रकारलाई महासङ्घले मासिक रु चार हजार कल्याणकारी कोष अन्तर्गत दिँदै आएको छ ।

महानगर बाहिरका ज्येष्ठ पत्रकारलाई सोही पालिकासँग समन्वय गरेर रकम दिँदै आएको जिल्ला अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरले उपलब्ध गराएको रु २० लाख अक्षयकोषमा राखेर प्राप्त ब्याजबाट मासिक दिइदै आएको छ । राप्तीका पत्रकार सिञ्जालीलाई ६० वर्ष पुगेसँगै गत वर्षबाट सहयोग गर्न थालिएको हो । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस