Nirvik Khabar

उदयपुर सामुदायिक वनमा ६५ युनिट रगत संकलन

add

चितवनको कालिका- ७ स्थित उदयपुर सामुदायिक वनमा विहीबार भएको रक्तदान ६५ युनिट रगत संकलन भएको छ । मेयर विनोद रेग्मीले उद्घाटन गरेको सो कार्यक्रममा कार्यक्रममा २५ जना महिला सहित ६५ जनाले रक्तदान गरेको वनका अध्यक्ष शंकर लामाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि मेयर रेग्मीले वन संरक्षण र उपभोक्ताको आयआर्जकको काम गरिरहेको उदयपुर सामुदायिक वनले पहिलो पटक रक्तदान कार्यक्रम गरेर मानविय सेवामा अग्रसरता देखाएको बताए । उनले वनले सञ्चालन गरेको उदयपुर पार्कलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय सरकारले सहयोग गर्ने बताए ।

वनका अध्यक्ष लामाले चितवनमा हुने रगतको अभाबलाई मध्यनजर गरि रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । वनमा उपभोक्ताहरुले पुण्य कार्यमा सहभागी गराउदै सामुदायिक वनले सामाजिक उत्तरदायित्व वहन गरि रक्तदान कार्यक्रम गरेको उनको भनाई छ । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मी, वडा नं ७ का वडाध्यक्ष कमलराज मोक्तान, जिल्ला वन कार्यालयका अधिकृतहरु देविप्रसाद पौडेल, सुदिप लामा, रेन्जर प्रकाश सिग्देल, वनमा निवर्तमान अध्यक्ष केशब लामा लगायतले मन्तव्य राखेका थिए ।

वनका अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर कुमालले स्वागत मन्तव्य तथा सचिव अनिता पौडेलले कार्यक्रम सञ्चालन गरेकी थियो ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस