Nirvik Khabar

पर्यटन प्रवर्द्धनका लागि ‘राइनो टु राप्ती राईड’

चितवन । चितवनको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय क्षेत्रको उजागरका लागि ‘राइनो टु राप्ती राईड २०८०’ साइकल यात्रा हुने भएको छ । दक्षिणकाली पर्यटन सहकारी संस्था भरतपुरको ६ को आयोजनामा राइनो टु राप्ती राईड हुन लागेको हो ।

साइकल यात्रा असोज २८ गते घटस्थापनाको दिन हुने आज (बिहीबार) नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमार्फत जानाकारी दिईएको हो । पर्यटन प्रवर्द्धन तथा पर्यटकीय क्षेत्रको उजागरका लागि साइकलप्रेमी, साइकल अभियान्ता तथा विभिन्न संघ संस्थासँग हातेमालो गर्दै कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रामप्रसाद श्रेष्ठले बतानुभयो ।

साइकल यात्रा भरतपुर २२ स्थित राइनो तालबाट सुरु हुनेछ । साइकल यात्रा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने सामुदायिक वन, वरण्डाभार, सिमसार क्षेत्र हुँदै राप्ती किनारसम्म पुग्ने श्रेष्ठले जानकारी दिनुभयो । साइकल यात्रा एकतर्फी ३० किलोमिटरको हुनेछ । भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रमले भ्रमण वर्षलाई सफल बनाउन भूमिका खेल्ने आयोजकको विश्वास छ ।

साइकल यात्राले जैविक विविधता, चरा चुरुङ्गी, जिव जनावरहरुको संरक्षण तथा प्रचारमा टेवा पुग्ने आयोजकको भनाइ छ । यात्रामा करिब एक सय ५० साइकल यात्रु सहभागी हुने आयोजकको अनुमान छ । यात्रामा जोडिन पनि आयोजकले सबैमा आह्वान गरेको छ । सहभागीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आवश्यक प्रवन्ध मिलाइने पनि आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस