Nirvik Khabar

जिसस चितवनले गर्यो बार्षिक प्रगति समिक्षा

Advertisements
Single Page Long - 2

चितवनः जिल्ला समन्वय समिति (जिसस) चितवनको बार्षिक प्रगति समिक्षा कार्यक्रम आजबाट सुरु भएको छ । समिक्षामा जिल्लाका सात पालिका र २२ वटा सरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले आम नागरिकलाई आभाष हुने गरी सुधारका काम गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “राजनैतिक परिवर्तन भयो तर आम नागरिकको जीवन परिवर्तन हुने गरि काम गर्न सकेनौ ।” काम गर्ने शैली, स्वभाव र सोच परिवर्तन गर्न नसक्दा पुरातन शैलीमा काम भएकै कारण सुधार हुन नसकेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “अग्रगामी सोच राखेर काम गर्न जरुरी छ ।”

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका सचिबवालय सदस्य श्याम बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्ण भूषाल, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगाएतले स्थानीय तहले आम नागरिकलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख कल्पना काफ्ले सापकोटाले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा स्थानीय तह र बिभिन्न कार्यालयका प्रमुख एबं प्रतिनिधिहरुले बार्षिक समिक्षामा प्रस्तुतीकरण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस