Nirvik Khabar

एमाले कार्यकर्ताले दुर्व्यवहार गरे : दुर्गा प्रसाईँ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाएका छन्।प्रसाईँले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए।

प्रसाईले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन्। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ।

देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंग-पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनको आरोप छ। प्रसाईं आफैँले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस