Nirvik Khabar

इटालीमा बस दुर्घटना पछिको आगलागीमा २१ जनाको मृत्यु

भेनिस– इटालीको भेनिस सहर नजिकैको फ्लाइ ओभरमा बस दुर्घटना पछि भएको आगलागीमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्त्रे जिल्लाको रेलवे ट्रयाक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो। मृत्यु हुनेमा पाँच युक्रेनी, एक जर्मन र इटालियन चालक रहेको सहरका प्रमुख मिसेल डि बारीले जानकारी दिए ।

यस्तै, भेनिसका मेयर लुँगी ब्रुगनारोले ‘ठूलो त्रासदी’ भएको टिप्पणी गरेका छन् । ‘एक सर्वनाश दृश्य, त्यहाँ कुनै शब्दहरू छैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

भेनिस र नजिकैको मार्गेरा जिल्लाको क्याम्प साइटको बीचमा पर्यटक लैजानका लागि बस भाडामा लिइएको बुझिएको छ । यो घटना लगभग स्थानीय समय अनुसार मंगलबार साँझ ७ः४५ बजे भएको थियो ।

केही स्थानीय समाचार अनुसार बस मिथेन ग्यासबाट सञ्चालित रहेको र बिजुलीको लाइनमा खसेपछि आगो लाग्न सुरु भएको थियो ।आन्तरिक मामिला मन्त्री माटेओ पियानटेडोसीले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस