Nirvik Khabar

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

Advertisements
Single Page Long - 2

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। हिन्दू र मुस्लिम धर्मावलम्बीबीच धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले उपमहानगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।

पछिल्लो समय नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच सद्‌भाव भड्किने गतिविधि हुँदै आएका स्थानीय प्रशासनले जनाएको छ। हिन्दूहरुको समूहले मंगलबार नेपालगञ्जमा प्रदर्शनको आयोजना गरेको छ।

मुस्लिम धर्मावलम्बो लक्षित धृणाजन्य अभिव्यक्तिसहित हिन्दू पक्षधर भनिनेहरु समूहगत रुपमै प्रदर्शनमा उत्रिएपछि तनाव बढ्ने संकेत देखिएको हो।धार्मिक सद्‌भाव कायम राख्न भन्दै मंगलबार बिहान सद्भाव र्‍याली समेत आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस