भरतपुर-१६ मा रहेकाे नव बिहानी कृषि सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। वडा न.१६ का अध्यक्ष अमृतराज हमाल प्रमुख अतिथि रहेका कार्यक्रम आज सोमवार फूर्तिचोक स्थित प्रिन्स भिलेज रिसोर्टमा सभा सम्पन्न भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि हमालले राष्ट्रको गरिवी निवारणमा सहकारी संस्थाले गरेको योगदानको प्रशांसा गरेका थिए । ठुला- ठुला आन्दोलनले जसरी राजनीति संरचना परिर्वन हुदै आए त्यसैगरि राष्ट्रको सुगमदेखी दुर्गमसम्म सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै सस्थांलाई कृयाशिल बनाएर एक्यवद्धतामा साथ काम गरि संस्थालाई अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो।
संस्थाका अध्यक्ष दीपक थापाले आर्थिक वर्ष २०८०/०८१ काे भावी कार्यक्रम प्रस्तुत गर्दै अब छिट्टै नै मोबाइल बैंकिङ सेवा सुचारु गर्ने योजना रहेको बताउनुभयाे।
कोषाध्यक्ष डोलराज सुवेदीले संस्थाको आर्थिक प्रतिवेदन तथा अनुमानित बजेट प्रस्तुत गरेका थिए । भने संस्थाका निवर्तमान सचिव तथा हालका कार्यकारी प्रमुख तोरण सुवेदीले संस्थाको विगत देखि हाल सम्मका गतिविधि र संस्थालाई यहाँ सम्म लिएर आउनुको औचित्य माथि प्रकाश पारेका थिए । संस्थाका सल्लाहकार बल राम ( बलु) पाण्डेले पनि यो संस्थाले हाल सहकारी संस्थामा भए गरेका विसँगतीहरुको सुधार गर्दै अघि बढ्ने कुरा जानकारी दिए।
हमालकाे प्रमुख आतिथ्यता र थापाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सहकारी शाखा भरतपुरकी सहकारी प्रमुख रोजी केसी, राष्ट्रिय सहकारी बैंक भरतपुर शाखाका शाखा प्रबन्धक सन्तोष ढकाल रहेका थिए । उक्त कार्यक्रममा अन्य विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । साथै साधरणसभाबाट केही रिक्त रहेको पदहरु पनि पुर्ती गरिएको छ। जसअन्तर्गत संस्थाको सचिव र लेखा तथा सुपीवेक्षण संयोजकमा क्रमश बलराम गिरी र गगन प्रकाश बरम साथै लेखा तथा सुपरीवेक्षण सदस्यमा उमेश खरेल र सरस्वती सिलवाल विजय भएको घोषणा उप निर्वाचन संयोजक नवीन कुमार राना मगरले कार्यक्रममा जानकारी दिएका थिए ।
Discussion about this post