भरतपुर असाेज १३
भरतपुर महानगरपालिका २३ को मिसन- २३ अन्तर्गत ८ औँ दिनको सरसफाई अभियान सम्पन्न भएको छ । आज शनिवार बिहान ७ बजेबाट जगतपुर बजार क्षेत्रमा सरसफाई गरिएको हो । सरसफाई गर्ने क्रममा जगतपुर क्षेत्र हुदै माडी ठोरी जाने तथा नारायणगढ बजार आउने गाडीहरुको अनुगमन संगै चालक,सहचालक र यात्रुलाई सचेतना समेत प्रदान गरिएको छ ।
पर्यटन प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यका साथ २३ दिनसम्म लगातार सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम गर्न सुरु गरिएको भरतपुर २३ का अध्यक्ष दिपक दवाडीले बताए । उनले भने “आठौं दिनको अभियानमा छौं , यो अभियान स्थानिहरुको सकृयतामा निकै उत्साहका साथ सञ्चालन भईरहेको छ । हामी महानगरकै उत्कृष्ट वडा बनाउने अभियानमा छौं,मलाई वडाबासीको पूर्ण साथ छ । जगतपुर बजारलाई सुन्दर बनाउदै , फरक पहिचान हुने गरी बिकास गर्नेछौं ।”
अभियानमा २१ वटा टोल विकाससंस्था, सामुदायिक वन तथा विद्यालय, रेडक्रस, चितवन राष्ट्रिय निकुञ्ज लगायतका संघ संस्थासंग समन्वय गरिएको छ ।
Discussion about this post