Nirvik Khabar

कर्णालीमा प्यानल उम्मेदवारी दिने कँडेल पक्षधरको तयारी

received_2129529764081875

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व लिनेगरी यमलाल कँडेल पक्षधरले प्यानल उम्मेदवारी दिने तयारी गरेका छन् ।स्रोतका अनुसार, आइतबार साँझ कँडेलकै निवासमा भएको प्रतिनिधिहरुको भेलाले गुलाबजंग शाहलाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको छ ।

प्रदेश अध्यक्षकै आकांक्षा राखिरहेका ध्रुब शाहीलाई सचिवको उम्मेदवारमा मनाएर शाहलाई अध्यक्षको उम्मेदवार बनाउने यो समूहले निर्णय गरेको छ ।उपाध्यक्षको उम्मेदवार टेकराज पछाई, दुई उपसचिवको उम्मेदवार रवीन्द्र शर्मा र कौशिला परियार वा बानसिं खत्री उम्मेदवार बन्नेछन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो समय असन्तुष्ट बनेका कँडेलले अलग्गै प्यानल बनाएपछि अरु आकांक्षीहरुले पनि समूहको छलफल अगाडि बढाएको ती स्रोत बताउँछन् ।

कर्णालीको अध्यक्षमा प्रदेश उपाध्यक्ष लालबहादुर महतारा, योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही र पूर्वसभामुख राजबहादुर शाहीले पनि आकांक्षा राखेका छन् । यी मध्ये शाही उम्मेदवार बन्ने लगभग पक्का देखिएकाले कँडेल पक्षधरले अलग समूह तयार पारेको बताइएको छ । कँडेलइतर पक्षलाई भने अर्का नेता गोरखबहादुर बोगटीले साथ दिएका छन् ।

तयारी पूरा

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक हुन लागेको प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् । भोलि १० असोजमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनमा महासचिव शंकर पोखरेल र प्रदेश इन्चार्ज रहेका सचिव लेखराज भट्टले सम्बोधन गर्ने तयारी भएको छ ।

प्रदेश नेतृत्व चयन गर्न हुन लागेको यो अधिवेशनमा ६०२ जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये ४१० पुरुष र १९२ जना महिला प्रतिनिधि चुनिएका छन् । त्यस मध्ये दलिततर्फ ७३ पुरुष र ३० महिला छन् ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस