Nirvik Khabar

धोका दिने अधिकार कसैलाई छैन : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् ।

गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए ।“हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ”, सभापति लामिछानेले भने ।

नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भनाइ थियो ।देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए । सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस