Nirvik Khabar

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

received_2129529764081875

काठमाडौँ — संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले ईकान्तिपुरलाई जानकारी दिए ।

उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

 

 

 

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस