Nirvik Khabar

राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ- राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लाागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव डा भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available