Nirvik Khabar

टिकौली जंगल दुर्घटना अपडेट : २० जना घाइते, सातको अवस्था गम्भीर

चितवन : चितवनको भरतपुर–९ स्थित टिकौली जंगलमा चारवटा सवारीसाधन एकापसमा ठक्कर खाई भएको दुर्घटनामा २० जना घाइते भएका छन् । बुधबार बिहान अन्दाजी ११ः४० बजे भएको उक्त दुर्घटनामा परी घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

भरतपुरबाट रत्नगरको टाँडी जाँदै गरेको भरतपुरस्थित अक्सफोर्ड कलेजको ना १ क ६१३१ नं. को बसले विपरीत दिशाबाट लाश बोकेर देवघाटतर्फ जाँदै गरेको ना२च ८४८६ नम्बर बोलेरोलाई ठक्कर दिँदा भएको उक्त दुर्घटनामा बा.प्र.०६–००१प९९८१, बा.प्र.०३–००५प ९७, ना६२ प ६०३२ र बा.प्र.०३–००१प ४१४७ नम्बरका मोटरसाइकलहरु, तथा बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नम्बरका स्कुटर एकापसमा ठोक्किँदा १९ जना घाइते भएका हुन् ।

घाइतेहरुको उपचार भरतपुरका विभिन्न अस्पतालमा भइरहेको छ । प्रहरी चौकी गोन्द्राङबाट अन्दाजी ५०० मिटरको दुरीमा उक्त दुर्घटना भएको थियो । प्रहरीले कलेजका बस चालक ३६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा परी घाइतेमध्ये खैरहनी–४ का कृष्णबहादुर तामाङ, मकवानपुरको हेटौँडाका मोहन तामाङ, खैरहनी–१ का ८२ वर्षीय बृद्ध जितबहादुर तामाङ, रत्ननगर–१४ का कुसुमबहादुर राना, सुरेश श्रेष्ठ र डोबहादुर कार्की, रत्ननगर–१० का किशोर तामाङको अवस्था गम्भीर छ, उनीहरुको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी घाइतेहरु रत्ननगर–१४ का ४१ पुर लामा र ५५ वषीए बुद्धिराम तामाङ, रत्ननगर–१६ का ४४ वर्षीय रेशम पोख्रेल, काठमाडौँको गोकर्ण–४ बस्ने ४८ वर्षीया तारा श्रेष्ठ, रत्ननगर–१६ का ४७ वर्षीय दिलबहादुर घिसिङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको सरकारी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै बोलेरो गाडीमा सवार गैँडाकोट–८ का ५१ वर्षीय लोकराज लामाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसैगरी रत्ननगर–१४ का ३३ वर्षीय बा.प्र.०३–००६ प ९९८१ नं. का मोटरसाइकल चालक शंकर परियार, सोही मोटरसाइकलमा पछाडि सवार रत्ननग–१४ कै ३६ वर्षीय दिवेश शाक्यको पुरानो मेडिकलमा उपचार भइरहेको छ । शाक्यको अवस्था मध्यम छ भने चालक परियार सामान्य घाइते भएका छन् । लाश बोकेको बोलेरोमा सवार रत्ननगर–१४ का ५० वर्षीय आइतराम कामी, रत्ननगर–३ का ४४ वर्षीय गोपाल तामाङ, रत्ननगर–१४ का २६ वर्षीय पुष्प तामाङ र ३८ वर्षीय कृष्ण लामा र रत्ननगर–३ का ४५ वर्षीय जीवन लामाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस