काठमाण्डाै – काठमाण्डाैकाे कपनमा रहेकाे खहरे खाेला खन्न काठमाण्डाै महानगरपालिकाले डाेजर चलाएकाे छ ।
कपनमा माथिबाट छोपिएको खहरे खोला खन्न काठमाण्डाै महानगर र बूढानीलकण्ठ नगरपालिकाबीच आज शुक्रवार सहमति भएको हाे । महानगरले हिजो बिहीवार नै डोजर चलाउन खोजेको थियो । तर खोला खन्ने विषयमा बूढानीलकण्ठका जनप्रतिनिधि र स्थानीयले विरोध गरेपछि महानगरको टोली पछि हटेको थियो ।
आज चावहिलमा रहेको नापी कार्यालयमा नक्सासहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो । सहमतिपछि काठमाण्डाै महानगर– ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको छ ।
Discussion about this post