Nirvik Khabar

विज्ञहरुले भने–सरकारले राष्ट्रिय सुरक्षा नीति तत्काल सार्वजनिक गर्नुपर्छ

Advertisements
Single Page Long - 2

काठमाडौँ । विज्ञहरुले सरकारले मुलुकको पछिल्लो राष्ट्रिय सुरक्षा नीति तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।मंगलबार संघीय संसद् राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सुरक्षाविद्त्रय विष्णुराज उप्रेती, गेजा शर्मा वाग्ले, देवीराम शर्माले राष्ट्रिय सुरक्षा नीति बनाउनुअघि संसदमा व्यापक छलफल गराउने परिपाटीको विकास गर्न पनि सरकारलाई सुझाव दिएका हुन् ।

सुरक्षाविद् वाग्लेले संसद्ले मुलुकको सुरक्षा नीति बनाए त्यो संविधानसम्मत र जनमुखी हुने तर्क समेत गरे । उनले कर्मचारीले ड्राफ्ट गर्ने राष्ट्रिय सुरक्षा नीति उपयोगी नहुनेतर्फ पनि सरकारलाई सचेत गराए ।

राजनीतिक दल, सांसद र जनस्तरमा पुगेर राष्ट्रिय सुरक्षा नीति बनाउने काममा सरकार लाग्नुपर्ने सुरक्षाविद् वाग्लेको भनाई थियो । मुलुकको पछिल्लो राष्ट्रिय सुरक्षा नीति तत्काल सार्वजनिक गर्न अर्का सुरक्षाविद् विष्णुराज उप्रेतीले सरकारलाई आग्रह गरे । उनले अहिलेको राष्ट्रिय सुरक्षा नीति पर्याप्त नभएको उल्लेख गर्दै त्यसलाई संसदमा व्यापक रुपमा छलफलको विषय बनाउनुपर्ने बताए ।

उप्रेतीले राष्ट्रिय सुरक्षा नीति विश्वमै सार्वजनिक गर्ने चलन भएकाले नेपालले पनि त्यसलाई सार्वजनिक गर्ने कुरामा ढिलाइ गर्न नहुने तर्क समेत गरे । सरकारले राष्ट्रिय सुरक्षा नीति अनुसार काम नगरेको निष्कर्ष पनि सुरक्षाविद्हरुको छ । सुरक्षाविद् देवीराम शर्माले भय र अभावबाट राष्ट्रलाई मुक्त गराउने गरी सरकारले राष्ट्रिय सुरक्षा नीतिलाई कार्यान्ववयनमा ल्याउनुपर्ने आवश्यक औँल्याए ।

सुरक्षाविद् शर्माले सरकारले राष्ट्रिय सुरक्षा नीतिको परिमार्जन गर्दा व्यापक छलफलको विषय बनाउन नसकेको गुनासो समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस