Nirvik Khabar

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रीहरूले जवाफ दिने

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेर १ मिनेटमा बोलाइएको छ ।

हिजो बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनका कारण स्थगित गरिएको थियो ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।कार्यसूचीअनुसार राष्ट्रियसभाका अध्यक्षले विनियोजन विधेयक अन्तर्गत विभिन्न शीर्षकहरुमा प्रस्तुत खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available