Nirvik Khabar

हामीलाई प्रधानमन्त्रीको राजीनामा चाहिएको छ : अध्यक्ष ओली

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा चाहिएको बताएका छन् ।

राष्ट्रिय स्वाधीनता, स्वाभिमान, संविधान र संसदमाथि नै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन आवश्यक रहेको ओलीले बताए ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद् बैठक अवरुद्ध पारेका थिए । त्यसलगत्तै ओलीले सञ्चारकर्मीहरुमाझ सो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण नभई राजीनामा नै आफ्नो पार्टीलाई चाहिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले राम्रो काम गर्नु भएन । नराम्रो गर्दैगर्दै आएर अव राष्ट्रिय स्वाभिमान, स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनुभयो, जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ । कसले स्पष्टीकरण दिनु भन्यो, कहाँ ? हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिएको छ ।’ त्यस अवसरमा ओलीले प्रधानमन्त्री दाहालले केही पनि राम्रो काम नगरेको जिकिर समेत गरे ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available