काठमाडौं । इन्टरनेटमा करोडौँको सङ्ख्यामा वेबसाइट लाइभ छन् । त्यसमध्ये हामीले चिनेका सयौँ वेबसाइट हुन्छन् । यस्ता वेबसाइट समयको मागअनुसार परिमार्जित हुँदै जान्छन् । सुरुवाती दिनमा साइट जस्तो थियाे, सधैँ उस्तै नहुन सक्छ ।
उदाहरणका लागि फेसबुक वा गुगललाई नै लिन सकिन्छ । यी दुई वेबसाइटसँग हामी पहिलेदेखि नै परिचित छौँ । तपाईँले पहिलो पटक फेसबुक प्रयोग गर्दा उक्त साइटको इन्टरफेस जस्तो थियो, अहिले पक्कै पनि त्यसभन्दा भिन्नै भएको देख्न सक्नुहुन्छ ।
कुनै पनि वेबसाइट पहिले कस्तो थियो भन्ने कुरा जान्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:
-सबैभन्दा पहिले यहाँ लिङ्कमा क्लिक गर्नुहोस् ।
-त्यसपछि त्यहाँ देखिएको बक्समा आफूले हेर्न खोजेको वेबसाइटको यूआरएल (https://nirvikkhabar.com) राख्नुहोस् ।
-अनि साइट कहिले सक्रिय थियो भन्ने कुरा क्यालेन्डरमा देखिन्छ ।
-माथि कुनै वर्ष छान्नुहोस् । र, तल क्यालेन्डरमा मार्क गरेको मितिमा क्लिक गर्नुहोस् । -त्यसपछि उक्त साइट त्यो समयमा कस्तो थियो, देखिन्छ ।यदि तपाईँले कुनै समय आफ्नो वेबसाइटमा कुनै कन्टेन्ट राख्नुभएको थियो, तर अहिले वेबसाइट लाइभ छैन भने वेबसाइटका आर्काइभ हेर्न सक्नुहुन्छ ।
यसैगरी अहिले बढी चर्चामा आएका साइट सुरुवाती दिनमा कस्ता थिए भन्ने कुरा पनि यो ट्रिक अपनाएर हेर्न सक्नुहुन्छ ।
Discussion about this post