Nirvik Khabar

उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गरौँ : अध्यक्ष ओली

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचन युवामय भएको बताएका छन् । बिहीबार बिहान फेसबुक ह्यान्डलमा उनले धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताए । ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ ओलीले लेखेका छन् ।

उनले स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरे । ‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन,’ उनले भने, ‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्छ।’ चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवारलाई ओलीले शुभकामना पनि दिए ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available