Nirvik Khabar

उपनिर्वाचनमा रास्वपाले तीनै क्षेत्रमा उम्मेदवारी दिने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने निर्णय गरेको छ ।पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले चितवन–२, बारा–२ र तनहुँ–१ मा उमेदवारी दिने निर्णय गरेको पार्टी प्रवत्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

आजको बैठकले उपनिर्वाचनका लागि चुनावी ‘कमान्डर’ पनि तोकेको छ । निर्वाचन परिचालनका लागि चितवन–२ मा पार्टी उपसभापति तथा संसदीय दलका नेता डोलप्रसाद अर्याललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, बारामा केन्द्रीय सदस्य गणेश कार्की र तनहुँका लागि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाइएको छ । बैठकले परिस्थिति हेरेर सरकारमा सहभागी हुने÷नहुनेबारे निर्णय लिने निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस