चितवन – विश्वविख्यात कम्पनी सुजुकीले दुई नयाँ मोडलका गाडीहरु नेपाली बजारमा ल्याएको छ ।ग्राण्ड भिटारा र नयाँ ब्रेजा दुई गाडीहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरि भरतपुरमा सार्बजनिक गरिएको हो । नेपालका लागि सुजुकी ब्राण्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक बितरक तथा सिजी होल्डिङ्स अन्तरगतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी एनेक्सटीजेनले दुई नयाँ एसयुभी सार्बजनिक गरिएको हो ।
कार्यक्रममा सादभि इन्टरनेशनल प्राली का प्रबन्ध निर्देशक सुरज राज जोशी, निर्देशक कैलाश घिमिरे, कम्पनी प्रतिनिधि तुफान शाही, गोपाल शाही लगाएत बैंकर्स, ब्यबसायीहरुको उपस्थिती रहेको थियो ।
कम्पनिले हालको प्रतिस्पर्धात्मक बजार सुहाउँदो अत्याधुनिक भर्सनमा ग्राण्ड भिटारा र नयाँ ब्रेजा बजारमा ल्याएको हो । जस अन्तरगत ब्रेजाको बजार मूल्य ४१ लाख ९९ हजार देखि ५३ लाख २९ हजार सम्म रहेको छ भने ग्राण्ड भिटाराको बजार मुल्य ६० लाख ९९ हजार देखि ८५ लाख २९ हजार सम्म रहेको कम्पनिले जनाएको छ ।
Discussion about this post