Nirvik Khabar

चितवनमा लेखन वृत्तिका लागि अक्षय कोष स्थापना गर्न बीएम फाउण्डेसन र पत्रकार महासंघ बिच सम्झौता

चितवन । स्व. विष्णुमाया खरेल लामिछानेको स्मृतिमा लेखन वृत्तिका लागि अक्षयकोष स्थापना हुने भएको छ । अक्षय कोष स्थापनाका लागि बीएम फाउण्डेसन र नेपाल पत्रकार महासंघ चितवनसँग आज सम्झौता भएको छ ।क्यान्सर रोगका कारण तीन वर्षअघि निधन हुनुभएकी भरतपुर निवासी लामिछानेको स्मरणमा क्यान्सर रोगको सचेतनासम्बन्धी लेखन वृत्तिका लागि लामिछाने परिवारले स्थापनाका गर्न लागेको हो ।

सम्झौतामा फाउण्डेशनका तर्फबाट डा. प्रमोद लामिछाने र महासङ्घका तर्फबाट अध्यक्ष नारायण अधिकारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार तत्काल रू पाँच लाख बिउ पूँजी राख्ने र अक्षय कोषबाट प्राप्त ब्याज रकममा थप गरी प्रत्येक वर्ष रू १ लाखको लेखन वृत्ति रकम खर्च गरिनेछ ।सम्झौतापछि लामिछानेले अक्षयकोषमा क्रमशः रकम वृद्धि गरी रू २० लाख पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।

कोषबाट प्राप्त ब्याज र लामिछाने परिवारले थप्ने रकमबाट पत्रकारलाई क्यान्सर सचेतनासम्बन्धी लेखन वृत्ति प्रदान गरिनेछ । संकलिन लेख समावेश गरी प्रत्येक वर्ष फाउण्डेशनले पुस्तक प्रकाशन गर्नेछ ।लेखन वृत्तिसम्बन्धी कार्यविधि महासङ्घले बनाउने जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । महासङ्घले पछिल्लो समय लेखन वृत्तिका लागि अन्य निकायहरुमा पनि पहल गर्दै आएको छ ।

कार्यक्रममा डा लामिछाने, अध्यक्ष अधिकारी, डा लामिछानेका पिता कृष्णप्रसाद लामिछाने, स्व। लामिछानेकी दिदी सामाजिक व्यक्तित्व मिना खरेल लगायतले भनाइ व्यक्त गर्नुभएको थियो स्व.लामिछाने र प्रमोद लामिछानेले भरतपुरमा हाडजोर्नीसम्बन्धी अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर स्थापना गरी सञ्चालन हुँदै आएको छ । रासस

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस