Nirvik Khabar

भरतपुरमा प्रथम फुट वेयर एक्सपो फागुन १७ देखि चैत १७ सम्म

चितवन, १६ फागुन –

प्रथम चितवन फुटवेयर एक्स्पो यही फागुन १७ गतेदेखि सुरु हुनेभएको छ । चितवन उद्योग सङ्घ र नेपाल जुत्ता घरको संयुक्त आयोजनामा एक्स्पो गर्न लागिएको हो । चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनीमा एक्स्पो हुन लागेको हो । चैत १७ गतेसम्म चल्ने एक्स्पोमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तु र स्वदेशमा तयार गरिएका जुत्ता चप्पल, महिला, पुरुष सबैलाई हुने जुत्ताचप्पल राखिने जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।

विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको उहाँले बताउनुभयो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपाध्यायले एक्स्पोमा १० भन्दा बढी ब्राण्डका ४० स्टलबाट एक हजार भन्दा धेरै प्रकारका जुत्ता एकै ठाउँमा पाउन सकिने बताउनुभयो । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो गर्न लागिएको हो । नेपाली उत्पादनको प्रवर्द्धन गर्नका लागि एक्स्पो गर्न लागिएको हो ।

प्रत्यक्ष उपभोक्तासँग छलफल गर्दै काम गर्न, नेपाली उत्पादनको प्रचारप्रसार गर्दै बाह्य बजारसमेत विस्तार गर्ने उद्देश्यका साथ एक महिना लामो एक्स्पो गर्न लागिएको उहाँले जानकारी दिनुभयो । प्रदर्शनीमा दुई लाखले अवलोकन गर्ने र रु तीन करोडको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ । सो अवसरमा छुटको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

हरेक वर्ष प्रदर्शनी गर्ने योजनाका साथ कार्यक्रम गरिएको उहाँको भनाइ थियो । पत्रकार सम्मेलनमा नेपाल फुटवेयर एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले नेपालमा एक हजार पाँच सय उद्योग रहेको बताउनुभयो । तीमध्ये लघु उद्योग एक हजार, मझौला उद्योग दुई सय, निर्यात गर्ने उद्योग दुई सय, ठूला उद्योग एक सय रहेको जानकारी दिनुभयो । नेपालमा वार्षिक १६ करोड जोर जुत्ता उत्पादन हुँदै आएको छ । तीमध्ये नेपालको खपत १० करोड जोर रहेको उहाँले जानकारी दिनुभयो । नेपाली जुत्ता चप्पल उद्योगमा रु ३० अर्बको लागत रहेको उहाँको भनाइ छ । नेपालमा उत्पादित जुत्ताले निर्यातका लागि एक दशमलव पाँच प्रतिशत हिस्सा लिएको उहाँले जानकारी दिनुभयो ।

कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव छ प्रतिशत योगदान पु¥याएको यस व्यवसायमा ५५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । तीमध्ये ६० प्रतिशत नेपाली कामदार रहेका छन् । जुत्ता उत्पादनमा पूर्ण आत्मर्निभर यस व्यवसायले भारतसहितका १८ देशमा जुत्ता निर्यात गर्ने गरेको घिमिरेले जानकारी दिनुभयो । विदेशबाट चोरी पैठारी गरी आएका सामानका कारण ३५ देखि ४० प्रतिशत मात्रै उद्योग सञ्चालनमा आएको उहाँले बताउनुभयो । नेपालको जुत्ता उत्पादनले ६० देखि ६५ प्रतिशत क्षेत्र ओगटेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस