Nirvik Khabar

विभिन्न कार्यक्रम गरेर आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं – जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाइँदैछ।सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अध्यक्षतामा मुल समारोह मनाउँदै आएको छ।

गत २४ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो। जसले ७ फागुनको प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ भने विदेशी नियोगमा पनि राष्ट्रिय झन्डा फहराउने चलन रहेको छ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवप्रसाद घिमिरेलगायत संवैधानिक निकायका प्रमुखले शुभकामना दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस