Nirvik Khabar

नरहरीनाथका उत्तराधिकारीद्धारा कोटिहोम महायज्ञलाई १३०औँ शृङखलाको मान्यता

चितवन । राष्ट्रगुरु योगी नरहरीनाथका उत्तराधिकारी एवम् गोरक्षपीठका पिठाधिस श्रीषनाथले नारायणी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञलाई १३०औँ शृङखलाको महायज्ञको मान्यता दिएका छन् । नरहरीनाथले १२९औँ शृङखलासम्मको कोटिहोम गरेका थिए । उनको देहवसान भएको १९ वर्षपछि भएको कोटिहोम महायज्ञलाई नरहरीनाथकै १३०औँ शृङखलाको महायज्ञको मान्यता दिइएको हो ।

माघ १२ गतेदेखि भएको कोटिहोम महायज्ञको तेस्रो पटक निरीक्षणपछि महायज्ञको संरक्षकसमेत रहेका श्रीषनाथले उक्त मान्यता दिएका हुन् । मान्यता दिनुअघि उनले महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेय, महायज्ञको संकल्पकर्ता प्रेमनिधी भारद्धाज, यज्ञाचार्य नारायण प्रसाद पोख्रेललगायतसँग अन्र्तवार्ता पनि लिएका थिए ।

‘योगी नरहरीनाथले १२९औँ शृङखलामा पुगेको महायज्ञलाई अगाडि बढाउने संकल्प लिनुभएको थियो । उहाँको उत्तराधिकारी श्रीषनाथ गुरुजीको घोषणापछि कोटिहोम महायज्ञको १३०औँ शृङखलाको मान्याता पाएको छ’, कथा वाचक परशुराम पाण्डेयले भने । बाँकी शृङखलाको आयोजना गर्न पनि श्रीषनाथ गुरुजीले प्रेमनिधी भारद्धाजलाई जिम्मा दिएका छन् ।

महायज्ञमा मंगलबार महायज्ञका संरक्षक एवम् व्यासाचार्य किशोर कुमार गौतमले प्रवचन दिएका थिए । साथै पण्डित चन्द्रमणी कँडेल, चेतराज कँडेल, वक्ता रामानुजदास सन्तोषजीलगायतले महायज्ञको निरीक्षण गरेका थिए । महायज्ञका प्रमुख संरक्षक एवम् सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले भोलि (बुधबार) महायज्ञको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । चर्चित गायक शसान कँडेलले पनि प्रस्तुती दिने कार्यक्रम रहेको छ । महायज्ञ फागुन १२ गते सम्पन्न हुने छ ।

महायज्ञको अन्तिम दिन एक करोड ४९ लाख ८५ हजार बत्ति प्रज्वलन गरिने महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिए ।

https://www.youtube.com/watch?v=4yzi-upkiM8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस