Nirvik Khabar

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा घिमिरे

चितवन- नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा लक्ष्मीलाल घिमिरे चयन भएका छन् । संघको १० औं अधिवेशन तथा १९ औं वार्षिक साधारणसभाले ११ पदाधिकारीसहित अध्यक्ष घिमिरेलाई निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा शालिकग्राम दवाडी, सचिवमा विशाल पौडेल, सह–सचिवमा रामबाबु महासेठ, कोषाध्यक्षमा नारायणप्रसाद कँडेल रहेका छन् । सदस्यमा गीता कुमाल, रामचन्द्र रिजाल, गोविन्द कँडेल, विक्रम महतो रहेका छन् । एक जना सदस्य छिट्टै मनोतित गरिने संघले जानकारी दिएको छ ।

निवर्तमान अध्यक्ष भूपेन्द्र कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पशुपंक्षी औषधि व्यसायी संघका केन्द्रीय अध्यक्ष पूर्णचन्द्र सापकोटाको प्रमुख अतिथि रहेका थिए । नयाँ कार्यसमितिलाई शुभकामना दिँदै सापकोटाले केन्द्रबाट हुने हर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, औषधि व्यवस्था विभाग, वीरगञ्जका प्रमुख सर्फराज अहमत खाँ, राष्ट्रिय पंक्षी रोग अन्वेशण प्रयोगशाला चितवनका प्रमुख डा.चेतनारायण खरेल, भरतपुुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज रानाभाटलगायतको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस