चितवनमा मेला महोत्सव गर्नेको संख्यामा बृद्धि हुदै गएसंगै बाउन्सर राख्ने प्रवृति पनि बढ्दै गएको छ । विभिन्न क्लब र बलियुड सेलिब्रीटी हुँदै नेपाली सेलिब्रीटीहरुले आफ्नो सुरक्षाको लागि बाउन्सर राख्ने गरेको त हामिले सुनेको र देखेका हौ । तर चितवनमा भने मेला महोत्सवको सुरक्षार्थ पछिल्लो समय चितवनमा बाउन्सर राख्ने प्रचलन बढ्दै गएको हो।
चितवनमा हुने मेला महोत्सवमा सहभागिता जनाउन आउने नेता कलाकार लगायत विभिन्न सामाजिक तथा राजनीतिक काममा सहभागि हुने मानिसहरुलाई सुरक्षा प्रदान गर्ने गरेको गढिका सुरक्षा कमाण्डर उदेन ठकुरी बताउनु हुन्छ । २७ वर्षीय ठकुरीले प्लस टु सम्मको अध्ययन गर्नुभएको छ । विगत दुई वर्षदेखि गढि सेक्युरिटीमा आबद्ध ठकुरी बाउन्सर प्रमुख हुनुहुन्छ । सुरुमा आफै तालिममा कराँते, जिम र भिभिआइपीहरुलाई कसरी सुरक्षितसँग बाहिर निकाल्ने ? झगडा भयो भने कसरी छुट्याउने ? चोट नलाग्नेगरी कसरी लक’ लगाउने ? लगाएतका विषयमा तालिम लिएर गढि सेक्युरिटीमा आबद्ध भएको बताउनु हुन्छ ।
सुरक्षा कमाण्डर ठकुरीको निगरानीमा ८० जनालाई बाउन्सर रहेका छन् । भिभिआइपि सेक्युरिटी दिन परेमा उहाँ स्वयम कमाण्ड गर्नुहुन्छ भने मन्त्री देखि कलाकारसम्मलाई आफुले सेक्युरिटी प्रदान गरेको उहाँ बताउनु हुन्छ । भिभीआइपीलाई सेक्युरिटी दिनु आफैमा चुनौतीको विषय रहेको बताउनु हुने ठकुरी अहिलेसम्म राम्रो प्रतिक्रिया आएको र विभिन्न कार्यक्रम मेलामहाेत्सवहरुबाट सम्मानित समेत भएकाे बताउनु हुन्छ । उहाँ मेला महोत्सवमा टिकटक र फोटो खिच्ने भिडले गर्दा थप चुनौति थपिने गरेकाे भन्दै भिभिआइपीहरु सुरक्षा प्रदान तर्फ सर्तक हुनुपर्ने बताउनु हुन्छ ।
Discussion about this post