Nirvik Khabar

अबस्था नबुझी डाेजर चलाउनु गलत: अधिकारी

भरतपुर- सडक डिभिजन कार्यालय भरतपुरले शुक्रबारबाट नारायणगढमा सुरु गरेको मापदण्ड विपरितका घर भत्काउने अभियान आज शनिबार पनि जारी राखेको छ । शुक्रबार लायन्सचोक र पुल्चोकबीचमा दक्षिणतर्फका घरटहरा भत्काएको कार्यालयले आज सोही ठाउँमा सडकको उत्तरतर्फको संरचना भत्काएको हो । सडक सीमा मिचेर बनाएको घर टहरा भत्काउन पटक पटक आग्रह गर्दा पनि नभत्काएपछि डोजर चलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

डोजर चलाएको भन्दै कतिपय राजनीतिक दलका नेता र व्यवसायीहरुले विरोध गरेका छन् । कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले सडकले डाेजर नै लगेर गरेकाे ताेडफाेड गलत भएकाे बताएका छन्। उनले आफू विकास विरोधी नभएकाे तर सडक विस्तारकै लागि भनेर स्थानीयलाई दुःख दिएर घर भत्काएकाेमा आपत्ति रहेकाे बताएका हुन्। उहाँले राज्यलाई कर तिरेकै छ,महानगरले नक्सा पास गरेर राजश्व संकलन गरेकै हो । बिना संवाद सरोकार पक्षको उपस्थितिबिना जबर्जस्ती डोजर चलाउनु उचित नरहेकाे बताएका छन् ।

https://youtu.be/QoTwLzh1Bs0

अर्थ तन्त्र धराप भएकाे बेला व्यवसायीहरुले लगानी लगाउन नसकेकाे अवस्थामा व्यवसाय लाई हानि हुने गरेर सडकले डाेजर चलाउनु गलत भएकाे भन्दै विकासमा जनतालाई जाेडेर लैजान जरुरी रहेकाे बताउनुभयो। “मेयरकाे डाेजर, सासंदकाे डाेजर र वडाअध्यक्षकाे डाेजर भन्ने जुन हाेडवाजि छ त्यसकै लागि यसरी डाेजर चलाउनु गलत हाे।´´ भन्दै उनले तत्काललाई सरंचना भत्काउन राेक लगाएर विकासमा जनतालाई जाेडेर घरमा भएका सामन अथवा व्यवसाय गर्ने ठाउँमा भएका सामान सार्न केही दिनकालागी समय दिएर मात्रै सरंचना भत्काउन आवश्यक नै परे मात्र भत्काउन आग्रह गर्नुभयो।

नारायणगढ गोन्द्राङ सडकखण्डको विस्तारको ठेक्का पाएको निर्माण कम्पनीले सडक डिभिजनलाई सडक सिमा क्लियर गरिदिन दबाब दिएको थियो । डिभिजनले सडक मिचेर बनेका संरचना नभत्काए सडक विस्तारको काम गर्न नसक्ने भन्दै दबाब दिएको थियो । ठेक्काको म्याद सकिन जम्मा ३ महिना मात्रै बाँकी रहेको अवस्थामा सडक विस्तारका लागि अवरोध गरी बनेका संरचना भत्काउन डिभिजन माथि दबाव परेको थियो ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस