Nirvik Khabar

फ्रान्स विश्वकपको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ । कतारको दोहास्थित अल बायत स्टेडियम आज भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल थप्यो ।फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले एक एक गोल गरे । हर्नान्डेज खेलको पाँचौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए ।

उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सदुपयोग गर्दै गोल गरेका थिए ।त्यस्तै खेलको ७९ औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए ।

उनले बेन्चबाट मैदान छिरेको एक मिनेट पनि नबित्दै गोल गर्न सफल भए । उनी ७९ औँ मिनेटमै ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए ।फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकन राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो ।फ्रान्सले अब विश्वकप उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नेछ ।हिजो सम्पन पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलअन्तरले हराएर फाइनल यात्रा तय गरेको हो । फाइनल पुस ३ गते आइतबार हुनेछ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available